जनकपुुुरधाम, फागुन ९ गते ।

जनकपुरमा आफ्नै ७ वर्षीय भान्जालाई अपहरण गरेको आरोपमा पक्राउ परेका मामालाई प्रहरीले सार्वजनिक गरेको छ ।

महोत्तरीको पिपरा गाउँपालिका–७ दनौली घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–७ बस्दै आएका २० वर्षीय रामरतन भन्ने लक्ष्मेश्वरकुमार दासलाई जिल्ला प्रहरी कार्यालय धनुषाले आइतबार दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

Uncle-abducted-7-year-old-nephew
Uncle-abducted-7-year-old-nephew

धनुषाको नगइराइन नगरपालिका–६ स्थित लग्माबाट ७ वर्षीय बालक चन्दन दासलाई शनिबार दिउँसो १ बजे मोटरसाइकलमा बसाएर लक्ष्मेश्वरले अपहरण गरेका थिए ।

प्रहरीले बालकलाई शनिबार साँझ ८ बजे जनकपुरधाम उपमहानगरपालिका–७ कटैयाचौरीस्थित सरोज ठाकुरको घरबाट उद्धार गरेको धनुषाका प्रहरी उपरीक्षक प्रकाश राणाभाटले जानकारी दिए ।

शनिबार साँझ ७ बजे बालकको आमालाई फोन गरी अपहरणकारी मामाले उनीसँग १ करोड रुपैयाँ फिरौती मागेपछि प्रहरी खोजीकार्यमा जुटेका थिए । बालकलाई अपहरणमुक्त गरे लगत्तै मामा लक्ष्मेश्वरलाई प्रहरीले पक्राउ गरेको प्रहरी उपरीक्षक राणभाटले बताए ।

उनका अनुसार अपहरित बालकलाई परिवारजनको जिम्मा लगाईसकिएको र घटनामा संलग्न रहेको आशंकाको आधारमा अन्य दुईजनालाई समेत पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।