नयाँदिल्ली, फागुन ९ गते ।

बलिउड अभिनेत्री करिना कपुर र सेफ अली खान दोस्रो पटक बाबु–आमा बनेका छन् । करिना कपुरले दोस्रो सन्तानका रुपमा छोरालाई जन्म दिएकी छिन् ।

kareena-gave-birth-to-her-second-child
kareena-gave-birth-to-her-second-child

भारतीय मिडियाहरुमा आएका खबर अनुसार करिनाले गएराति मुम्बईको ब्रिच क्यान्डी अस्पतालमा छोरा जन्माएकी हुन् ।

उनलाई राति नै अस्पताल भर्ना गरिएको थियो ।  

२०१२ मा बिहे गरेका करिना र सेफ अली खानका पहिलो छोरा तैमुर अलि खान २०१६ मा जन्मिएका थिए ।